शुक्रबार प्रहरी प्रधान कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पुष्कर कार्कीले नेपाल प्रहरी नेपाली जनतालाई शान्ति–सुरक्षा प्रदान गर्न दत्तचित्त भएर लागिरहेको उल्लेख गरे ।
स्थानीय तहको निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।
भर्खरै तराईमा आएको बाढी र डुबानमा परेकाहरुको उद्धारमा नेपाल प्रहरीले सम्पूर्ण शक्ति लगाएर काम गरेको उनले बताए ।
प्रदेश नम्बर–२ मा हुने स्थानीय तहको निर्वाचनमा शान्ति–सुरक्षा प्रदान गर्न कुनै कसर नछाड्ने प्रवक्ता कार्कीले बताए ।
लागुऔषध, मानव बेचबिखन, विद्युतीय अपराध बढ्दै गएको भन्दै उनले यस्ता कार्य रोकेर आपराध नियन्त्रण गर्न नेपाल प्रहरी सजग रहेको उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्