Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


‘आचरण विपरीत काम गर्ने जुनसुकै तहका प्रहरी कारबाहीमा पर्छन’


0
Shares

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख समेत रहेका भट्टराईले आचरण विपरीत काम गर्ने जुनसुकै तहका कर्मचारी कारबाहीको भागिदार हुने चेतावनी दिए ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा प्रहरी जवान आधारभुत तालिमको १ सय ३४औं समूह दीक्षान्त समारोहमा भट्टराईले चेन अफ कमान्डको पालना, निरीक्षण, अनुगमन र सुपरिवेक्षण तथा वैज्ञानिक पद्धतिमा आधारित सेवालाई प्राथमिकतामा राखेर काम गर्न पनि दीक्षित प्रहरीलाई निर्देशन दिए ।

दीक्षान्त समारोहमा ९१ महिलासहित ७ सय ७१ जना प्रहरी दिक्षीत भएका छन् । कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थी र प्रशिक्षकलाई पुरस्कार र प्रशंसा पत्र प्रदान गरियो ।