सानो तथा अव्यवस्थित बसपार्कका कारण पछिल्लो समय सदरमुकाम मुसिकोटदेखि सल्ले बसपार्कको सडकछेउमै पार्किङ गर्नुपर्ने बाध्यता छ । जिल्लामा यातायात सेवा सञ्चालन भएदेखि बसपार्कको रुपमा प्रयोग गरिएको सल्ले बसपार्कसमेत अव्यवस्थित बन्दै गइरहेको छ । थोरै सवारी साधन अट्ने गरी निर्माण गरिएको बसपार्क बजार क्षेत्र र मूल बाटोमै भएका कारणले पनि यस्तो समस्या आएको स्थानीय बताउँछन् ।…