Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भारत पुगेको थप एक गैंडा चितवन ल्याइयो


0
Shares

शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैंडालाई शनिबार बिहान सौराहा ल्याइपुर्‍याइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठककाअनुसार शनिबार बिहान करिब ७ः३० बजे सो गैंडालाई सौराहाको हात्तीसारनजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ ।

यससँगै बाढीले भारत पुर्‍याएका पाँच गैंडाको उद्धार गरी फिर्ता ल्याइएको छ ।

वाल्मीकि टाइगर रिजर्भमा अझै एक गैंडा बाढीले पुर्‍याएको छ । सो गैंडा ल्याउने प्रयास भइरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।

गैंडाको उद्धारका लागि गत सातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्यालकाअनुसार अब बाँकी रहेको अर्को गैंडा नियन्त्रणको प्रयास शनिबार बिहानदेखि सुरु भएको छ ।

गैंडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुइ लगाउने काम) गरेर ल्याइन्छ, जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० कर्मचारी परिचालन गरिएको छ ।

यसअघि, भारतबाट चार गैंडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैंडामध्ये दुई पोथी माउ तथा एक भाले र एक पोथी बच्चा थिए ।

बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैंडा पुर्‍याएको छ । दुई गैंडा मृतावस्थामा भेटिएका थिए । रासस