Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


तीन वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय बनाइने


0
Shares

स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।

उनले आगामी तीन वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए ।

उनले यसै आर्थिक वर्षदेखि पुस्तकालय बनाउने काम सुरु गर्ने उल्लेख गरे ।

उनकाअनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ ।

जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी, सातओटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उनले बताए । रासस