प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर गान्धीप्रति श्रद्धाञ्जली ब्यक्त गरेपछि औपचारिक भेटघाटका कार्यक्रम शुरु हुनेछन् । राजघाटबाट प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् जहाँ उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गर्नेछन् । हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका छ । आजै बेलुका प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार…