बाढी पीडितका लागि माओवादी केन्द्रका सांसदबाट संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण « Imagekhabar – Online News Portal of Nepal


बाढी पीडितका लागि माओवादी केन्द्रका सांसदबाट संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण


0
Shares

बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने पनि हस्तान्तरण कार्यक्रममा उपनेता रायमाझीले बताए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माको भनाइ छ ।