बुधबार केन्द्रीय दैविक प्रकोप राहात समितिबाट आएको २१ सय प्रतिब्यक्तिका दरले २ सय २ जना ब्यक्तिलाई राहत प्रदान गरिएको जिल्ला दैविक प्रकोप राहत समिति तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए ।
यस्तै जिल्ला दैविक प्रकोप उद्धार समितिको तर्फबाट प्रतिपरिवार ३० केजीको चामालको बोरा, ३ केजी दाल, २ लिटर तेल, २ पोका आयो नुनका दरले २ लाख ४८ हजार ५ सयका दरले राहत सामाग्री वितरण गरिएको उनले बताए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले भाडाबर्तनको सेट, कमल २ वटा, बाल्टी, डोरी, १ केजी दर भुजा र चिउरा, ३ प्यागेट चाउचाउका दरले १ सय १४ परिवारलाई राहत सामाग्री वितरण गरिएको शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाले बताए ।
यसअघि पनि रेडक्रसले १५ परिवारलाई खाद्यान्न सामाग्री र ४८ परिवारलाई त्रिपाल वितरण गरेको थियो । यस्तै पहिरोमा परेर मृत्यु भएका विष्णुभक्त राईको नातिनी प्रियाको परिवारलाई २ लाख रुपैयाँ र पहिरोले किचेर मृत्यु भएका फालेलुङ गाउँपालिका वडा नम्बर १ का त्रिलोचन विकको परिवारलाई २ लाख रुपैयाँ राहत रकम प्रदान गरिसकिएको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ ।
पहिरोमा परेर बेपत्ता भएका विष्णुभक्त र उनकी छोरी गंगाको भने अहिलेसम्म शव भेटन सकिएको छैन । पहिरोमा परेर त्यस वडाको खोलाघारी, खोलागाउँ, ताङलेपा, माङलेबुङका विस्थापित परिवारहरु अहिले छिमेकीको घरमा त कोही विद्यालयको प्रांगणमा शरण लिएर बस्न बाध्य छन् ।










प्रतिक्रिया दिनुहोस्