१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजद्वारा विमानस्थलमा स्वागत


0
Shares

पाँच दिने राजकीय भ्रमणका क्रममा रहेका देउवा विमानस्थलबाट भारतीय राष्ट्रपति भवनतर्फ गएका छन् । भ्रमण अवधिभर उनलाई भारतीय राष्ट्रपति भवन मै राखिने भएको हो ।

प्रधानमन्त्री देउवालाई स्वागत गर्न भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका अधिकारीहरु, भारतीय विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री देउवाले नयाँदिल्लीस्थित नेपाली दूतावासमा आजै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ उनले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।