Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सप्तरीका अपांगता भएका ६० जना बाढीपीडितलाई धुर्मुसले बाँडे राहत


0
Shares

यसैक्रममा बिहीबार धुर्मुस–सुन्तली फाउन्डेसनले ६० जना अपांगता भएकाहरुलाई राहत सामग्री वितरण गरेको छ ।

हास्यकलाकार एवं फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले श्रवणशक्तिहीन भएका, बौद्धिक र शारीरिक अपांगता भएका गरी ६० जनालाई खाद्यान्न सामग्रीसहित ओछ्याउने म्याट, डस्ना, सिरक, झुल, तन्ना र त्रिपाल वितरण गरेका छन् ।

बौद्धिक अपांगता अभिभावक संघ र समावेशी अपांग संघ सप्तरीसँग समन्वय गरी उक्त सामाग्री वितरण गरिएको धुर्मुसले जानकारी दिए ।

जिल्लामा करिब ९ हजार अपांगता भएका व्यक्तिहरुले प्रमाणपत्र लिएतापनि बाढी प्रभावित क्षेत्रबाट रातोकार्ड पाएका अपांगता भएकाहरुलाई राहत वितरण गरिएको बौद्धिक अपांगता अभिभावक संघका अध्यक्ष जगदीश अर्यालले बताए ।