भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा ना ३ प ७२३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापा र उनका श्रीमान् मोटरसाइकल चालक ४६ वर्षीय मानबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते भएकामा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्