
बिहीबार रफत सन्चार क्लब भक्तपुरले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा आचार्यले अबदेखि महासंघको सदस्यता वितरण र नवीकरण सार्वजनिक सुनुवाइ गरेर पत्रकार भएको पुष्टि भएमात्रै गरिने बताए ।
अझैपनि पत्रकारहरुको पेसागत र भौतिक सुरक्षा नभएको भन्दै उनले पेसागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताए ।
सहभागी अरु वक्ताले महासंघले गैरपत्रकारका लागि ढोका बन्द गर्दै श्रमजीवी पत्रकारको हकहितमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्