नगरपालिकाले डम्पिङ्ग साईटको व्यवस्था नगर्दा मादी नदीको किनारमा अव्यवस्थित रुपमा फोहोर थुपार्ने गरिएको छ । उक्त स्थानमा फोहोर थुपार्दा दमौली बजार र आसपासको क्षेत्रमा दुर्गन्ध छाएको छ । व्यास नगरपालिका वडा नं ३ को केही क्षेत्र र व्यास–५ चापाघाट क्षेत्रमासमेत दुर्गन्ध फैलिएको छ । यसले जल पर्यटनलाई समेत असर गरेको छ । मादी नदीमा जलयात्रामा…