नगरपालिकाले डम्पिङ्ग साईटको व्यवस्था नगर्दा मादी नदीको किनारमा अव्यवस्थित रुपमा फोहोर थुपार्ने गरिएको छ । उक्त स्थानमा फोहोर थुपार्दा दमौली बजार र आसपासको क्षेत्रमा दुर्गन्ध छाएको छ ।
व्यास नगरपालिका वडा नं ३ को केही क्षेत्र र व्यास–५ चापाघाट क्षेत्रमासमेत दुर्गन्ध फैलिएको छ । यसले जल पर्यटनलाई समेत असर गरेको छ ।
मादी नदीमा जलयात्रामा आउने पर्यटक उक्त स्थानबाट र्याफटिङ्गमा निस्कने भएको हुँदा यसले जलयात्रा गर्ने पर्यटकलाई समेत असर पुर्याएको छ । नगरपालिकाको वडा नं २, ३, ४ र ५ नम्बर वडाको फोहोर त्यहाँ फाल्ने गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख मिरा जोशीले उक्त स्थानको फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्याण्ड फिल्ड साईटको व्यावस्था गरेको जानकारी दिइन् ।










प्रतिक्रिया दिनुहोस्