Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


प्राविधिक शिक्षा सञ्चालन गर्न रामलिला महोत्सव


0
Shares

पछिल्लो समय ग्रामिण क्षेत्रमा पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै जान थालेपछि मणिलेक मावि गुरुखोलामा प्राविधिक शिक्षा सञ्चालनका लागि रामलिला महोत्सवको आयोजना गरिएको महारुद्र रामलिला महोत्सव मुल आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए ।

महारुद्र रामलिला महोत्सव मुल आयोजक समिति दशरथचन्द नगरपालिका १ गुरुखोलाको आयोजना असोज १५ गतेदेखि असोज २९ गतेसम्म रामलिला महोत्सव सञ्चालन हुने बताईएको छ ।

लोक संस्कृति,कला संरक्षण गर्न तथा गुरुखोलामा प्राविधिक शिक्षा सञ्चालनका लागि रामलिला महोत्सव आयोजना गरिएको वडा अध्यक्ष भट्टले बताए ।

रामलिला महोत्सवका लागि आ–आफनो क्षेत्रबाट सहयोग गर्न आयोजकले सबैलाई अनुरोधसमेत गरेको छ ।