पुनर्निर्माणलाई गति दिन वडाका ३ सयभन्दा बढी भूकम्प पीडितलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा निःशुल्क नक्शा बनाईदिन लागिएको हो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका ४५ जना विद्यार्थीले निःशुल्क नक्शा बनाईदिन लागेका हुन् । भूकम्प पीडितका लागि नगरपालिका र पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुसार ढुंगा, माटोको घर बनाउन चाहनेका लागि संकलन गरिएको निवेदनको आधारमा नक्शा बनाईदिन लागिएको हो ।
आर्थिक अवस्था कमजोर भएका र नक्शा निर्माणमा पहुँच नभएकालाई लक्षित गरी क्याम्प सञ्चालन गरिएको हो । अहिले ढुंगा माटोको घरको नक्शा बनाउन मात्रै कम्तीमा एक घरले ६ हजार तिर्नुपर्छ ।










प्रतिक्रिया दिनुहोस्