Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


0
Shares

पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी नायब निरीक्षक थमन खत्रीले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । (रासस)