गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले बिहीबार महाअष्टमीका दिन शाक्यलाई परिवर्तन गरी ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारीकारुपमा प्रतिस्थापन गरिएको हो । महिनावारी सुरु हुनेबेला भएपछि कुमारी परिवर्तन गर्ने परम्पराअनुसार वैदिक, तन्त्र तथा बज्रयानी र शाक्त विधिअनुरुप तलेजु भवानी मन्दिरमा नयाँ कुमारी तृष्णा शाक्यलाई विशेष पूजा गरी कुमारीघर…