जनकपुरधाममा नवरात्र पर्व, उग्रतारा र मौलाकालिकामा मेलाको रमझम • Image Khabar Image Khabar


जनकपुरधाममा नवरात्र पर्व, उग्रतारा र मौलाकालिकामा मेलाको रमझम


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १२:०१

जनकपुरधाममा नवरात्र पर्व, उग्रतारा र मौलाकालिकामा मेलाको रमझम

नवरात्रका अवसरमा जनकपुरधामको राजदेवी मन्दिर, बौधीमाई मन्दिर र दुर्गा मन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा झिझिया नृत्यको आयोजना समेत गरिएको छ ।

उता, सुदूरपश्चिमकै प्रशिद्ध शक्तिपीठ मानिने डडेल्धुराको उग्रतारा मन्दिरमा पनि दर्शनार्थीको ठूलो घुईंचो लागेको छ ।

वर्षेनी महाअष्टमीका दिन लाग्ने मेलामा सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईका जिल्लाबाट पनि मेला भर्न दर्शनार्थी पुग्ने गर्दछन् ।

डडेल्धुराको उग्रतारालगायत नवदुर्गा मन्दिर र बैतडीका निङलासैनी, डिलासैनी, मेलौली, देहिमाण्डौं, त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी तथा बाजुरामा रहेको प्राचीन बडिमालिका देवीका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उग्रतारा मन्दिरमा बली पनि दिने गरिन्छ ।

त्यस्तै उता, नवलपरासीको मौलाकालिका मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

मणिमुकुन्द सेन राजाले लडाईंका समयमा यही मौलो गाडी लडाई शुभारम्भ गरेको ईतिहाससँग जोडिएको मौलाकालीमा नवरात्रभर नै विशेष मेला लाग्ने गर्दछ ।

नवलपरासीको गैंडाकोटमा पर्ने यस मन्दिरमा पुग्न फेदीबाट २ हजार २ सय मिटर उकालो सिंढी चढ्नु पर्दछ ।

२०३५ सालमा गैंडाकोटका एक जना स्थानीयले सपनामा सोही स्थानमा पुरातात्विक वस्तु भएको देखेपछि स्थानीयले गई हेर्दा ध्वजा, त्रिशुल, मौलो भेटेको र सोही समयबाट मौलाकालिका संरक्षण समिति बनाई पूजाअर्चना गर्न थालिएको हो ।

हाल मौलाकालिका व्यवस्थापन समितिले भौतिक विकासको कामका साथै दैनिक पूजा गर्ने गरेको छ ।

janakpur

प्रतिक्रिया दिनुहोस्