२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रधानमन्त्री देउवा आज स्वदेश फर्किने


0
Shares

उनी ओमान हुँदै साँझ काठमाडौं आइपुग्नेछन्। राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज ३ गते अमेरिकाको न्यूयोर्क गएका थिए ।

उनले असोज ७ गते महासभालाई सम्बोधन गरेका थिए ।

१ सय ९३ मुलुक सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत छन् ।