निर्माणाधीन घरको सेफ्टीट्यांकीभित्र प्रवेश गरेका देबाही–गोनाही नगरपालिका–२ का ३० वर्षीय नागेश्वर माझी, परोहा नगरपालिका–१ का ३१ वर्षीय विजय बैठा र सोही नगरपालिका–२ का ३५ वर्षीय मुन्ना बैठाको मृत्यु भएको हो । तीनैजनाको अक्सिजनको कमीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । परोहा नगरपालिका–२ निवासी वकिल बैठाको सो स्थानमा निर्माणाधीन घरको सेफ्टीट्यांकीको सटरिङ खोल्नेक्रममा…