१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


धरान-संखुवासभा यात्रा कष्टकर, दर्जनौं गाडी बीच बाटोमै अलपत्र


0
Shares

यो राजमार्गअन्तर्गत वसन्तपुरदेखि माम्लिङसम्मको करिब २० किलोमिटर सडक बिग्रिएपछि धरानदेखि संखुवासभाका लागी छुटेका गाडी बीचमै अलपत्र पर्ने गरेका छन् ।

ठेकेदारले वसन्तपुर–चैनपुर सडकखण्ड समयमै मर्मत गर्न चासो नदिएपछि यात्रुहरुले २० किलो मिटर सडक पार गर्न ४ घण्टाभन्दा बढी समय लाग्ने गरेको गुनासो गरेका छन् ।

वर्षायाममा यो सडक क्षतविक्षत बनेको छ । कालोपत्रे भत्किएर पानीले बगाएपछि अहिले यो सडकमा ७ फिटसम्मका खाल्डो परेका छन् ।

सडक मर्मत नहँुदा गन्तव्यमा हिँडेका यात्रु पटकपटक बीचबाटोमै अलपत्र पर्ने गरेका छन् ।

तुमिलङटार डिभिजन सडक कार्यालका प्रमुख कृष्णनाथ ओझा भने सडक कालोपत्रे गर्ने जिम्मा लिएको याक्थुम्हाङ निर्माण सेवा र स्वच्छन्द निर्माण सेवाले समयमै काम नगर्दा समस्या भएको बताए ।