१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सेफ्टीट्यांकीमा पस्दा तीनजनाको मृत्यु


0
Shares

निर्माणाधीन घरको सेफ्टीट्यांकीभित्र प्रवेश गरेका देबाही–गोनाही नगरपालिका–२ का ३० वर्षीय नागेश्वर माझी, परोहा नगरपालिका–१ का ३१ वर्षीय विजय बैठा र सोही नगरपालिका–२ का ३५ वर्षीय मुन्ना बैठाको मृत्यु भएको हो ।

तीनैजनाको अक्सिजनको कमीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

परोहा नगरपालिका–२ निवासी वकिल बैठाको सो स्थानमा निर्माणाधीन घरको सेफ्टीट्यांकीको सटरिङ खोल्नेक्रममा भित्र प्रवेश गरेका कामदार नागेश्वर माझी र विजय बैठाको मृत्यु भएको र उनलाई निकाल्न भित्र गएका घरधनीका छोरा मुन्ना बैठाकोसमेत मृत्यु भएको जनाइएको छ ।