२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रा डा केसीको अनशन स्थगित


0
Shares

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको उनले विज्ञप्तिमा जनाएका छन् ।

प्रा डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका थिए । उनीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् । (रासस)