मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन् । अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार बिहानैदेखि बिर्तामोड क्षेत्र तनावग्रस्त बन्दै आएकोमा अपराह्न स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि स्थानीय आक्रोशित बनेका हुन् । कर्फ्यु उल्लंघन गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीचौकीमा आगजनी गर्ने…