बिर्तामोडमा कर्फ्यु • Image Khabar Image Khabar


बिर्तामोडमा कर्फ्यु


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १४:३९

बिर्तामोडमा कर्फ्यु

शुक्रबार दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्दचोक र दक्षिणमा बिर्ताबजारसम्म कर्फ्यु जारी गरिएको उनले बताए ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बिर्तामोडमा स्थानीयवासीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास तथा रबरको गोली प्रहार गरेको थियो । बिर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा–११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट बिर्तामोड–१ वैैसावाडी स्थित झाडीमा फेलापरेको थियो ।

बिर्तामोड–५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार बिर्तामोड बन्द गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्