सार्क शिखर सम्मेलन शीघ्र गर्न पाकिस्तानी राजदूत जावेदको आग्रह • Image Khabar Image Khabar


सार्क शिखर सम्मेलन शीघ्र गर्न पाकिस्तानी राजदूत जावेदको आग्रह


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १४:५२

सार्क शिखर सम्मेलन शीघ्र गर्न पाकिस्तानी राजदूत जावेदको आग्रह

पाकिस्तानी राजदूतावासमा शुक्रबार आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा राजदूत जावेदले स्थगन भएको १९औं सार्क शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए ।

सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए ।

आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एसियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियो ।

पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औं शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार राजन कार्कीले भारत–पाकिस्तान द्वन्द्वले सार्कका गतिविधि प्रभावित हुन नहुनेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्