
स्व. पति मदन भण्डारीको जन्मस्थलमा आयोजित नागरिक अभिनन्दन ग्रहण गर्न राष्ट्रपति भण्डारी ताप्लेजुङ आएकी हुन् ।
काठमाडौंबाट सीधै पाथीभरा मन्दिर दर्शनका लागि जान चाहेपनि मौसम अनुकूल नहुँदा उनी चढेको हेलिकोप्टर नेपाली सेनाको नयाँ रणभीम गुल्ममा अवतरण गराइएको थियो ।
हेलिकोप्टर पाथीभरा मन्दिरमा अवतरण हुन नसकेपछि सुकेटार विमानस्थलमा अवतरण गरी उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकन गराइएको थियो ।
त्यहाँबाट राष्ट्रपति भण्डारी नागरिक अभिनन्दन ग्रहण गर्नका लागि मैवाखोला गाउँपालिकाको ढुंगेसाँघु गएकी थिइन् ।
त्यहाँ उनले स्व. पति मदन भण्डारीको जन्मघरको अवलोकन गरिन् भने मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले राष्ट्रपति भण्डारीको अभिनन्दन गरेका थिए ।
अभिनन्दनपछि मौसममा सुधार आएकाले राष्ट्रपति भण्डारीले पाथीभरा मन्दिरको दर्शन गरी शुक्रबारै राजधानी फर्किएकी छन् ।
प्रतिक्रिया दिनुहोस्