जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् । बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर…