Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


धारिलो हतियारले श्रीमतीको हत्या

भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ भने हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ । रासस