Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


कोदालोले हानेर घरपेटीले गरे डेरामा बस्नेको हत्या

मृतक रिमाल र घरपेटी पौडेलबीचको भनाभनले उग्ररुप लिँदा घटना भएको जनाइएको छ । नवलपरासीकै दुम्कीवास घर भएका ३६ वर्षीय मृतक रिमाल सरस्वती निकेतन बोडिङ स्कुल गैंडाकोटमा अंग्रेजी विषयका शिक्षक थिए । हत्यालगत्तै पक्राउ परेका पौडेल नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका निरीक्षक सुवास हमालले बताए ।