२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नक्कली प्रहरी बनेर लुटपाट गर्ने भूपू सैनिकसहितको गिरोह पक्राउ, यसरी लुटियो रकम (भिडियो)


0
Shares

साथै, उनीहरुको साथबाट खुकुरी, मोबाइल सेट, केही रकम र विभिन्न व्यक्तिको नाममा रहेको चेक बरामद गरेको छ ।

अपराध अनुसन्धान महाशाखाले विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको गिरोहका सदस्यहरुमा भूपूसैनिक शिवबहादुर बानियाँ र अशोक बानियाँसहित विश्वास घर्तीमगर, नारायण बानियाँ, सुदीप थापामगर, धनकुमार परियार छन् ।

उनीहरुले नयाँसडकमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम झिकेर आएका प्रेम खरेल र विधान खरेललाई आफूहरु प्रहरी भएको र सोधपुछका लागि नियन्त्रणमा लिएको भन्दै बैंकबाट झिकेको ४ लाख २७ हजार रुपैयाँ र साथमा रहेको मोबाइल सेट लुटेको पीडितहरुको भनाइ छ ।

पक्राउ परेका लुटेराहरुकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस्