धनगढी, बैशाख ७ । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ इन्द्रपुर बस्ने ३९ वर्षीय राजेश भन्ने बाबुराम विकलाई आइतबार निजकै घरबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख…