अवैध यौनसम्बन्ध, श्रीमान्को हत्या, पत्नीसहित चारजनालाई थुनामा राख्ने आदेश

न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्नेफिरोज कवारी, बगडा–७ बस्ने गंगाराम दास र महोत्तरी गाविस–७ बस्ने कुँवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि मंगलबार जलेश्वर कारागारमा राख्ने आदेश दिएको हो ।
सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धमौरा–१ बस्ने तुफान नट अन्सारीलाई ३० हजार रुपैयाँ धरौटीमा तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।
युवक मिश्रको हत्याको प्रमुख कारण निजको पत्नीको अरुसँग यौनसम्बन्ध रहेको खुलेको र सम्पति हडप्ने उद्देश्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वैदेशिक रोजगारीबाट तीन महिनाअघिमात्र घर फर्केका मिश्रका नाममा पाँच बिगाहा जग्गा छ ।
युवक मिश्रलाई पुस २९ गते शुक्रबार राति ८ बजे आरोपीहरुले हतियार प्रहार गरी हत्या गरेका थिए । रासस