Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी भू-भागको मौसममा बदली देखिएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

Skip This