२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अनुगमन टोलीसामु महिला कैदीबन्दीले भने–‘प्रहरीले दुर्व्यवहार गरे, समस्या भयो’


0
Shares

राजविराज कारागारका महिला बन्दीहरुको गुनासोको आधारमा मंगलबार टोलीले अनुगमन गरेको हो ।

कारागार सुरक्षाका लागि खटिएका प्रहरीले जथाभावी बोल्ने गरेको आरोप महिला कैदीबन्दीको छ । ८ जना क्षमताको महिला ‘ब्लक’मा अहिले २३ जनालाई राखिएको छ ।

साँघुरो कोठामा दाउरा बालेर खाना बनाउनुपर्दा धुवाँले आँखाको रोग लागेको, एउटामात्र शौचालय भएका कारण पालो पर्खेर बस्नुपरेको, नुहाइ–धुवाइ र सरसफाइमा समस्या परेको उनीहरुको गुनासो छ ।

कारागार आफूहरुका लागि सुरक्षागृहभन्दा बढी यातनागृह बनेको उनीहरुको गुनासो छ ।

सबै महिला कैदीबन्दीको समस्या सुनेपछि अनुगमनमा पुगेका डीएसपी दानबहादुर कार्कीले स्थानीयस्तरबाट पूरा गर्न सकिने मागप्रति आफूहरुले पहल गर्ने बताए ।