२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खानेपानीको विषयमा विवाद हुँदा खुकुरी हानी ‘हत्या’


0
Shares

मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् ।

खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्कोरुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेकाले सो सम्बन्धी पटक–पटक विवाद हुँदै आएको स्थानीयवासीको भनाइ रहेको छ ।

मृतक साउद कोटेली गाविसस्थित मानवअधिकार निगरानी समूहका अध्यक्षसमेत थिए । रासस