क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जीउमा छर्केर आगो लगाइ हत्या गर्ने प्रयास गरेका छन् । हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका छन् । हजरा क्षीरेश्वरनाथ नगरपालिका–८ हार्सरका स्थानीयवासी अखिलेश कवारीका छोरा २४ वर्षीय रसिद…