बर्दियामा हत्या अभियोगमा तीनजना पक्राउ • Image Khabar Image Khabar


बर्दियामा हत्या अभियोगमा तीनजना पक्राउ


Imagekhabar
२४ माघ २०७४, बुधबार १८:०१

बर्दियामा हत्या अभियोगमा तीनजना पक्राउ

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ का २२ वर्षीय रमेश राजवंशी, सोही ठाउँका १७ वर्षीय हरिनारायण दहित र कैलालीको जानकी गाउँपालिका–६ का २० वर्षीय विकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख जनक भट्टराईले बताए ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर–२ पेरहनीका १७ वर्षीय बालकृष्ण आचार्यको गत माघ १५ गते विवाहमा गएकाबेला झगडा हुँदा हत्या भएको थियो । सोही हत्याको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्