Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


‘साथी’को हत्या गर्ने पाँच अभियुक्त कारागार चलान


0
Shares

रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–११ घर भइ हाल अप्पर त्रिशूली–१ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्र पुनमगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन् ।

उनीहरुको समूहले गत पुस २४ गते आफ्नै साथी कामदार प्यूठान जिल्ला बाजीकोट–२ का ४० वर्षीय उदयमहत क्षत्रीलाई फलामको औजारले हिर्काइ मारेको अनुसन्धानबाट खुलेपछि हदैसम्मको सजायका लागि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् ती पाँचैजना अभियुक्तलाई जिल्ला अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापाक्षत्रीले बताए ।

रसुवाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेघावाट जलविद्युत् आयोजनाको एरियाभित्र भएको सो घटनाको अनुसन्धान पुष्टि गर्न केन्द्रबाट विशेषज्ञ झिकाइ पोलिग्राफ उपकरण प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । रासस