चारथान भरुवा बन्दुकसहित तीनजना पक्राउ • Image Khabar Image Khabar


चारथान भरुवा बन्दुकसहित तीनजना पक्राउ


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १९:३६

चारथान भरुवा बन्दुकसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

प्रहरीले बर्दिबास–२ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलबाट हमाल र मल्ललाई तीनथान भरुवा बन्दुकसहित तथा बर्दिबास–३ पाटुस्थित आफ्नै घरबाट कालीकोटेलाई एकथान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

उनीहरुले हतियार राखेर आपराधिक गतिविधि गर्दै आएको सुराकीका आधारमा प्रहरी तीनैजनालाई हतियारसहित पक्राउ गर्न सफल भएको जनाइएको छ ।

अभियुक्त तीनैजनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइसकेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्