
सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति बुधबार बिहान कागेश्वरी–मनोहरा नगरपालिका, मूलपानी क्रिकेट मैदाननजिकैको सडकछेउमा रगताम्मे अवस्थामा मृत फेलापरेका थिए ।
सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भइ राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो ।
मृतक र आरोपित कटुवालबीच करिब एक महिनाअगाडि चिनजान भइ साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ ।
मंगलबार राति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ ।
विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडकछेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्