१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


१६८ किलो ९ सय ग्राम चरेसहित पक्राउ परेका ५ जना सार्वजनिक


0
Shares

जिल्लाको ग्रामीण इलाकाबाट ठूलो परिणाममा चरेस बोकी आउँदै गरेको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पृथ्वी राजमार्गको पोखरे खोलाबाट पक्राउ गरेको थियो ।

प्रहरीले लागू औषध राखी ल्याएको ना३ख ४३२४ नम्बरको ट्रकसहित ३ वटा मोटरसाइकल र विभिन्न नम्बरको सीमसहितको मोबाइल ५ थान बरामद गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बस्ने ३७ वर्षीय रामकृष्ण श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका ५ बस्ने २६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका ३१ वर्षीय विनोद तामाङ, गल्छी ६ बस्ने ३४ वर्षीय नवराज तामाङ र गल्छी ८ बस्ने ३० वर्षीय देवबहादुर तामाङ छन् ।

उनीहरुलाई लागू औषध कारोवार ऐन अन्तर्गत कारवाही अघि बढाईने धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।