बालिका बलात्कार गर्ने युवकलाई १० वर्षको कैद सजाय • Image Khabar Image Khabar


बालिका बलात्कार गर्ने युवकलाई १० वर्षको कैद सजाय


Imagekhabar
२३ माघ २०७४, मंगलवार २०:१४

बालिका बलात्कार गर्ने युवकलाई १० वर्षको कैद सजाय

गौशाला नगरपालिका–२ का १८ वर्षीय भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।

वि.सं. २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले सो फैसला सुनाएको हो ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार दिएको जानकारीअनुसार भुजेललाई सो रकम पीडित बालिकालाई क्षतिपूर्ति भराइ दिने सजाय भइ मुद्दा फैसला भएको छ ।

निज प्रतिवादी कुमार भुजेलले रक्सी सेवन गरी भान्जीलाई खेलाउन लान्छु भन्दै गाउँनजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए ।

भाइटीकाका दिन भुजेलले नातामा भान्जी पर्नेलाई बलात्कार गरेको भन्दै २०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्