काठमाडौं, वैशाख ९ । पूर्व डिआईजी गोविन्द निरौलालाई ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयले बनाएको छानविन समितिको निर्देशनपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । यस घटनामा जोडिएका करिब ३० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी…