
ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयराज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थ उच्च मूल्यदर राखी कानुनविपरीत बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरुबाट प्राचीन हस्तलिखित ‘ग्याथम्पा’ नामक २२८ पानाको एकथान बौद्ध धर्मग्रन्थ बरामद गरेको छ ।
सुन तथा चाँदीबाट लेखेको भनिएको उक्त धर्मग्रन्थ करिब तीन/चार सय वर्ष पुरानो भनी रु १० करोडमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
अभियुक्तलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्