२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बिप्लवका कार्यकर्ताद्धारा महिमा चर्चमा बम विस्फोट


0
Shares

कैलाली, बैशाख ३० । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनगढी उपमहानगरपालिका— ४ बोराडाँडीमा रहेको महिमा चर्चमा बम बिष्फोट गराएको छ ।

बम बिष्फोटबाट ३ वटा झ्यालको सिसा र पर्खालमा केही क्षति पुगेको छ । रातिको समयमा चर्चमा कोही नबस्ने भएकोले मानवीय क्षति भने भएको छैन् । पर्खालमा बम विष्फोट भएका कारण कम क्षति भएको हो ।

शनिवार राति करीव ११ बजेर २५ मिनेटमा विप्लवका कार्यकर्ताहरुले चर्चमा बिष्फोट गरेको प्रहरीले जनाएको छ । घट्नाको जानकारी पाएको १५ मिनेटमा प्रहरी घट्नास्थलमा पुगेको थियो ।

प्रहरीले विप्लवका कार्यकर्ताले प्रेसर कुकर बम विष्फोट गराएको जनाएको छ ।

बन्दको पूर्व सन्ध्यामा बम बिष्फोट गरेको विप्लवका कार्यकताले कैलालीमा चर्चमा गरेको यो पहिलो आक्रमण हो ।