तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान • Image Khabar Image Khabar


तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार २०:२१

तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

वि.सं. २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी शुक्रबार जेल चलान गरेको हो ।

बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौंको शान्तिनगरबाट पक्राउ गरेको हो ।

कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि शुक्रबार कारागार कार्यालय डिल्लीबजार पठाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्