साढे ३३ किलो सुन प्रकरणः अभियुक्तका तर्फबाट बहस हुँदै • Image Khabar Image Khabar


साढे ३३ किलो सुन प्रकरणः अभियुक्तका तर्फबाट बहस हुँदै


Imagekhabar
३० बैशाख २०७५, आईतवार ११:३६

साढे ३३ किलो सुन प्रकरणः अभियुक्तका तर्फबाट बहस हुँदै

काठमाडौं, बैशाख ३० । साढे ३३ किलो सुन प्रकरणका मुद्दामा प्रतिवादीका कानुन व्यवसायीहरुले आजबाट थुनछेक बहस शुरु गर्दैछन् ।

मुद्दाका प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० अभियुक्तका तर्फबाट बहस हुनेछ । प्रतिवादीको तर्फबाट बहस गर्न ८० जना कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराएका छन् ।

यसअघि सात जना सरकारी वकीलले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए । सनम शाक्यको हत्यामा प्रहरीसहित ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

उनीहरुमाथि सन् २०१५ यता ३८ क्वीन्टल सुन चोरी निकासी गरेको दावीसहित सुन चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धि मुद्दा लगाइएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्