काठमाडौं, असार १० । महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आइपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय ‘अमृत’ भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौं महानगरपालिका–४, पानीपोखरीबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । अग्रवालले काठमाडौं महानगरपालिका–७, सिफल बस्ने…